तिमीले हारेका छैनौ र हार्ने छैनौ GKC।

त्यतिबेला, जतिबेला भ्रमका खोक्रोपनाले सत्यरुपी वृक्ष्यहरु ढालिन्छन तर भित्र जरा भने गाडीएकै हुन्छ, जतिबेला ढलेका साँझ सारा दिनको अन्त्य ठानिन्छ, तर क्षितीजपारी सुनौलो बिहानी कुरिरहेकै हुन्छ, जतिबेला पंक्षी बसेका हाँगा काटिन्छन् तर पखेटा भने जिवित नै हुन्छ, जतिबेला एक-एक स्वर दबाइन्छन् तर पनि अन्तस्करणमा सत्य गुन्जायमान नै हुन्छ, जतिबेला अनैतिकताका पत्थर-प्रहारले नैतिकताका शिर रक्ताम्य तुल्याइन्छन … Continue reading तिमीले हारेका छैनौ र हार्ने छैनौ GKC।

आऊ बाच्नॅ सिक त्यो समय जसले विशाल इतिहास रच्नेछ।

आऊ,हामी मिली त्यो इतिहास बाचौॅ जुन भावी पुस्ताले सत्यका अभावमा झल्यास्स झल्यास्स सम्झिरहनेछ । आऊ बाच्नॅ सिक त्यो समय जुन महान् इतिहास बन्नेछ, आऊ हिंड्न सिक त्यो समय जुन सत्यको मार्गदर्शन बन्नेछ, आऊ लड्न सिक त्यो समय जुन सत्यका लागि लडिनेछ,आऊ उठ्न सिक त्यो समय जुन महान गाथा बन्नेछ, आऊ बोल्न सिक त्यो समय जुन … Continue reading आऊ बाच्नॅ सिक त्यो समय जसले विशाल इतिहास रच्नेछ।

उदाउनै पर्ने बिहानी।

मैले मानिसहरू कुरा गरेको सुनेकु छु; यदि गोविन्द के.सीलाई केहि भैहाल्यो भने? यति भनिरहँदा मानिसहरूलाई उनको जीवनरक्षा कुनै अरू शक्तिको अधीनमा नभएर उनीहरूकै हातमा भएको कुरा छर्लङ्ग खुलोस्। उनीहरूले केवल आफ्नै हातको स्पर्शले मात्रै दिनसक्ने वास्तविक आकार आफुमै निहित शिल्पकारको अज्ञातताका कारण सदैव आकारविहीन भएको कटु यथार्थ कदापि भोग्नु नपरोस् जसको नतिजा उनीहरू माथि नै … Continue reading उदाउनै पर्ने बिहानी।

प्रेम सुवास

तिम्रा नयन नभमा स्मृति भित्रका भिञ्चीले कोरेका मोना लिसाहरू मुस्कुराइरहेछन्। तिम्रा विलोलित अङ्ग प्रत्यङ्गमा वसन्तका माधुर्य सुवास झङ्कार बनी गुञ्जिरहेछन्। तिम्रा सुकोमल स्नेहका स्पर्शले इन्दृय अगोचर भावसमेत उत्कर्षमा अनुभुत भइरहेछन्। तिम्रा वैॅस वाटिकामा प्रस्फुटित नविन कुसुम गुच्छा म मा दिदृक्षा जगाइरहेछन्। तिम्रा सुशोभित सुषमा हरक्षण प्रेम पुकारका वाणी साट्न म मा विवक्षा जगाइरहेछन्। इन्दु भूषित … Continue reading प्रेम सुवास

वात्सल्य प्रेम

वासन्ती सुवास त एक निमेष, तिम्रो ममता सदाबहारको। रजनी प्रहारले हारे दिवाकर, तिम्रो आभा त रात बिनाको। कुसुम मुस्कुराउॅछ एक ऋतु, तिम्रो मुस्कान सर्वदाको। मेघ विदिर्ण व्योम गुहार्छ, तिम्रो सहिष्णुता सगर पारको। हिमांशु त निस्तेज झेल्छ, तिम्रो कान्ती समुन्नतको। आदित्य त सधैॅ पूर्व, तिम्रो उदय दिग्दिगन्त। -प्यारी आमाप्रति समर्पित।